हेटौंडा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ बाट डिना उपाध्याय र निर्वाचन क्षेत्र नम्बर २ बाट बुद्ध लामालाई उम्मेदवार बनाएको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा डिना उपाध्यायकाे उम्मेदवारी दर्ताका क्रममा दामाेदर खनाल प्रस्तावक र इन्द्रबहादुर बानियाँ समर्थक रहेका थिए भने लामाकाे प्रस्तावक ईश्रवर पाठक र रन्जन कालाखेती समर्थक रहेका छन् । कांग्रेसले दुवै क्षेत्रमा संगठन मजबुत रहेको दाबी गर्दै निर्वाचनमा उत्साहजनक नतिजा आउने अपेक्षा व्यक्त गरेको छ।
केही प्रतिक्रिया छ कि ?

