Search
Close this search box.

दीपक सिंहले दिए विवादित अभिव्यक्ति

हेटौँडा– मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बहादुर सिंहले विवादित अभिव्यक्ति दिँदै हिँडेको भन्दै आलोचना हुन थालेको छ । मतदाता भेटघाटको क्रममा सिंहले आफूसँग प्रतिस्पर्धी उम्मेदवारलाई लक्षित गरी अपमानित अभिव्यक्ति दिँदै मत माग्दै हिँडेको आरोप लागेको छ ।

उनले उमतदातामाझ ‘जुँगा समात्ने कि पेटिकोट, तपाइहरुको विचार’ भन्दै भोट माग्दै हिँडेको बताइएको छ । मतदाता भेट्ने क्रममा बिहीबार बिहान हेटौंडा–६ स्थित हात्तिलेट पुगेका उनले यस्तो अभिव्यक्ति दिएको स्थानीयले बताएका छन् । नेपाली कांग्रेसबाट यसै क्षेत्रमा उम्मेदवार बनेकी कांग्रेसका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई लक्षित गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । राप्रपाका नेता गुरुप्रसाद सापकोटा, नेकपा एमालेका नेता विश्वराज राईसहित स्थानीयको अगाडि उनले महिला उम्मेदवारप्रति अपमानित शब्द बोल्दै भोट मागेको बताइएको छ । सिंहले त्यति बोलेर हिंडेपछि मतदाताहरुले महिलाको सम्मान गर्न नजान्ने उम्मेदवार भन्दै आपत्ति समेत जनाएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan