हेटाैँडा- ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालय (जिएस)काे २५ ओैँ स्थापना दिवसकाे अवसरमा माघ ८ गतेदेखि विविध प्रतियाेगितासहित ज्ञानदीप रजत महाेत्सव जारी रहेकाे छ ।
महाेत्सवअन्तर्गतकाे पहिलाे खेल जिल्लास्तरीय छात्रा बुद्धिचाल प्रतियोगिता माघ ८ गते सम्पन्न भएकाे छ । प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन माविका रुबस पराजुली र पेमा याङ्की तामाङकाे समूह प्रथम, ब्रह्मदिक् एकेडेमीका सेमिना श्रेष्ठ र स्पन्दन अधिकारीकाे समूह द्वितीय र भूटनदेवी माविका रितिका साह र श्वेता साहकाे समूह तृतीय भएकाे थियाे । त्यस्तै दाेस्राे दिन माघ ९ गते आयाेजित नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा ब्रह्मदिक् एकेडेमीकी सुप्रिया भाेलन प्रथम, चन्द्राेदय माविकी सबिना तामाङ द्वितीय र जनप्रिय माविकी अनुजा दङ्गाल तृतीय भए । यसैगरी नगरस्तरीय चित्रकला प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन माविकी आराेही राई प्रथम, भूटनदेवी माविका वसन्त साह द्वितीय र चन्द्राेदय माविकी रञ्जना ठाकुर तृतीय भएका छन् । सबै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश: पाँच हजार, तीन हजार र दुई हजार नगदसहित पुरस्कार प्राप्त गरेका छन् । यसैगरी माघ ८ मै सम्पन्न नगरस्तरीय छात्र भलिबल प्रतियोगिताकाे क्वार्टरफाइनल चरण पूरा भएकाे जानकारी विद्यालय सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी दीपक गाैतमले जानकारी दिए ।
छनाेट चरणकाे प्रतियोगितामा सनसाइन इङ्लिस बाेर्डिङ स्कुलले सुनगाभा शिक्षा निकेतनलाई २-०, निर्मल माविले जेम्स इङ्लिस बाेर्डिङ स्कुललाई २-० ले पाखा लगायाे भने क्वार्टरफाइनलमा ज्याेति माविले श्रमिक माविलाई २-१, सनसाइन इङलिस बाेर्डिङ स्कुलले सिद्धार्थ शिशु सदनलाई २-०, ज्ञानाेदय बालबालिका आवासीय माविले निर्मल माविलाई २-०, कृष्ण आदर्श माविले आयाेजक ज्ञानदीप शिक्षा निकेतन माविलाई २-१ ले पराजित गरेका छन् ।
आज माघ १० गते हुने सेमिफाइनल खेल ज्याेति मावि, हेटाैँडा-१८ र सनसाइन इङलिस बाेर्डिङ स्कुल, हेटाैँडा-३ तथा
ज्ञानाेदय बालबाटिका आवासीय मावि, हेटाैँडा-५ र कृष्ण आदर्श मावि, हेटाैँडा-९ बिच बिहान ८ बजे र फाइनल खेल दिउँसाे २.०० बजेदेखि आयाेजना हुनेसमेत जानकारी विद्यालयले गराएकाे छ । महाेत्सवकै क्रममा आज माघ १० गते नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयाेजना हुनेसमेत जानकारी गराइएकाे छ ।


