Search
Close this search box.

प्रेस विरोधी गतिविधि बढेको भन्दै मकवानपुरका पत्रकारको विरोध

हेटौंडा । संघीय सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै मकवानपुरका सञ्चारकर्मीले विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सोमबार हेटौंडामा आयोजना गरेको अन्तरक्रियामा सहभागी पत्रकारहरूले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी प्रवेश गराउने सरकारी गतिविधिप्रति आपत्ति जनाए ।
महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले सञ्चारमाध्यमलाई दबाबमा राख्ने सरकारी गतिविधि अस्वीकार्य रहेको बताए ।
महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरेको धारणा राखे ।
कार्यक्रममा प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टरका अध्यक्ष एमपी शर्मा, उपाध्यक्ष ध्रुव अधिकारीलगायतले धारणा राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan