हेटौंडा। हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी भएको छ।
शनिबार राति करिब ११:५० बजे जस्तापाताले बनेको सो स्टोर (जहाँ साबुन र कार्टुन भण्डारण गरिएको थियो) मा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरीले कार्यालय मकवानपुरले जनाएको छ। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण हे.क्वा. हेटौंडाको संयुक्त टोली, हेटौंडा उपमहानगरपालिकाका दुई वटा दमकल तथा स्थानीयवासीहरूको सहयोगमा आगो निभाएको थियो।
आगलागीबाट कुनै पनि मानवीय तथा पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। हालसम्म क्षतिको यकिन विवरण खुल्न सकेको छैन। उक्त स्थान इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब ५०० मिटर पूर्व–दक्षिणतर्फ पर्दछ।
केही प्रतिक्रिया छ कि ?

