Search
Close this search box.

मकवानपुरमा दुर्व्यसन विरुद्ध साझा अभियान अन्तर्गत सिआन केन्द्रमा निरीक्षण

मकवानपुर । सिआन पुनर्स्थापना केन्द्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले  स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
अनुगमनका  क्रममा  केन्द्रले लागुऔषध दुर्व्यसन उपचार, पुनर्स्थापना तथा सामाजिक पुनःएकीकरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए । सेवा प्रवाहको गुणस्तर, उपचारात्मक पद्धति, व्यवस्थापन प्रणाली तथा पुनर्स्थापना पश्चात् सामाजिक पुनःएकीकरणका अभ्यासहरूबारे महत्वपूर्ण सुझाव तथा प्रेरणादायी भनाइहरू व्यक्त गर्दै राज्य संयन्त्र र पुनर्स्थापना संस्थाबीच सहकार्य अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।
सोही अवसरमा प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई  जिल्लामा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
उक्त कार्यक्रममा सिआन पुनर्स्थापना केन्द्रका सल्लाहकार तथा गै.स.स. महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तित्वहरूको  उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan