Search
Close this search box.

नेकपा एमालेकाे प्रचार अभियान तीव्र

हेटाैँडा/ निर्वाचन नजिकिदैँ जाँदा नेकपा एमालेले मतदाता भेटघाटलाई तीब्र बनाएकाेे छ । नेकपा एमालेका नेता कार्यकर्ताहरू मतदाता बीचमा पुगी जनतामा भएका भ्रमलाई चिर्न र आफ्नाे पार्टीका उम्मेद्वारकाे पक्षमा मत सृजना गर्न लागि परेकाे बताएकाे छ ।

हेटाैँडा-४ नं. वडाका विभिन्न टाेलहरूमा मतदाताहरूकाे बाक्लाे उपस्थितिमा पार्टीकाे चुनावी एजेण्डाहरूबारे जनतालाई जानकारी गराउँदैछन् । यसैक्रममा हेटाैँडा ४ नं. वडाकाे विभिन्न टाेलमा मतदाताहरू भेटघाटकाे क्रममा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले मुलुकमा राष्ट्रिय स्वाधिनता, संविधानकाे रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्विकाे लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारकाे नेतृत्व एमालेले गरिरहँदा सडक, खानेपानी, विद्युतीकरण, विद्यालय र स्वास्थ्य चाैकीकाे स्तरउन्नतिले तिब्रता पाएकाे भन्दै कृषि र पर्यटनकाे विकासकाे लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए ।

त्यस्तै, प्रदेश कमिटीका सचिवालय सदस्य रघुनाथ खुलालले आज गाउँ र टाेलटाेलसम्म विकासकाे लहर आउनु र स्थानीय तहमा बजेटकाे ठुलाे हिस्सा विनियाेजन गर्ने, सामाजिक सुरक्षा मार्फत बृद्वबृद्वा, अपाङ्गता, एकल महिला र दलितलाई सामाजिक सुरक्षा भत्ता महत्वपूर्ण कार्यहरू एमाले कै नितिकाे कारण भएकाे बताए । उनले नेकपा एमालेकाे सरकारले गरेकाे कामकाे मूल्याँकन गरेर मतदाताहरूले सूर्य चिन्हमा मतदान गर्ने विश्वास गरे । एमालेले जनप्रिय कार्य गरी लाेकप्रिय भएकाले पार्टीमाथी विभिन्न प्रहार भइरहेकाले जनताले न्यायपूर्ण मतदान गरि फागुन २१ गतेपछि एमालेकाे बहुमतसहितकाे सरकार बन्ने दावी गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, जिल्ला सदस्यहरू शिवहरी दाहाल, मिलन पाठकलगायत विभिन्न तहका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan