Search
Close this search box.

रास्वपा मकवानपुर सभापति नै काँग्रेस प्रवेश

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनी काँग्रेस फर्किएका हुन् ।

रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका उनलाई सोमबार कांग्रेस सभापति गगन थापाले सर्लाही–४ बाट पार्टीमा स्वागत गरेका हुन् । उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला काङ्ग्रेसमा फर्किएका छन् । गत २०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनी १२ हजार ५९ मतसहित तेस्रो भएका थिए । रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापना कालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्त्याएको आरोप लगाएका छन् ।

उनले रास्वपालाई हाट बजार जस्तो भन्दै पानीको फोकाजस्तो भएको टिप्पणी गरेका छन् । पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरित गएपछि बाध्य भएर पार्टी छोड्नुपरेको उनले दाबी गरेका छन् । पराजुलीसँगै रास्वपा मकवानपुरको चुनावी कमान्डर तथा २ नम्बर क्षेत्रीय सभापति निराजन वर्तौला, रास्वपा मनहरीका नेता राममणि न्यौपाने पनि सोही कार्यक्रमकाबीच काँग्रेस फर्किएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan