Search
Close this search box.

युवाहरूको भजन यात्रा,हेटौंडामा एमाआरआरले हरेक शुक्रबार सकारात्मक ऊर्जा फैलाउँदै

हेटौंडा । देशभरका युवाहरू भजन मार्फत एकताबद्ध हुँदैछन्। फेसबुकमा २०६७ मा सुरु भएको एमाआरआर समूहले करिब एक महिना देखि हरेक शुक्रबार साँझ ५:३० बजे हेटौंडा -४ पशुपति मन्दिर परिसरमा भजन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो पहल तीन वर्ष अघि पोखराबाट सुरु भएको थियो र अहिले करिब २८ जिल्लामा फैलिसकेको छ। हरेक हप्ताको शुक्रबारर हुने यस कार्यक्रममा काठमाडौं, हेटौंडा, पोखरा, चितवन, बुटवल लगायतका प्रमुख सहरका युवाहरू सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।

हेटौंडामा करिब ५० युवाले समूह संचालनमा ल्याएका थिए। विभिन्न संघ संस्था तथा समाजसेवीहरुले सुरुबाटै युवाहरूलाई प्रोत्साहित गर्दै विभिन्न सहयोग गर्दै आएका छन् ।

यस पहलको मुख्य उद्देश्य युवाहरूलाई लागुऔषधको दुर्व्यसनबाट बचाउन र सकारात्मक उर्जा प्रवाह गर्न रहेको जानकारी दिइएको छ। मकवानपुरजस्ता क्षेत्रमा लागुऔषधको खतरा बढिरहेको बेला, यस्तो सामाजिक पहलले युवा वर्गमा चेतना र उत्साह फैलाएको छ।

युवाहरूले भजनमार्फत एकता र सामाजिक उत्तरदायित्वका सन्देश फैलाउँदै, देशभरका युवाहरूलाई प्रेरित गर्दै आएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan