हेटौंडा । हेटौंडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको प्रदर्शन भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा हेटौंडा गर्दै कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।
हेटौंडाका विभिन्न चोक तथा मुख्य सडकहरूमा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। प्रदर्शनका कारण केही समय यातायात प्रभावित बनेको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।
एमालेले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिँदै त्यसको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सोही कार्यक्रमअन्तर्गत हेटौंडामा ठूलो संख्यामा कार्यकर्ताहरू उतारिएको जनाइएको छ।
केही प्रतिक्रिया छ कि ?



