हेटाैँडा- मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्लाको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा मंगलबार साँझ हावाहुरीसहित परेको चट्याङ लाग्दा स्थानीय ३२ वर्षीय अजय पहरी र ३७ वर्षीय उज्वल थोकर घाइते भएका थिए ।
घाइतेमध्ये अजय पहरी हेटौंडामा उपचारकाे क्रममा राति निधन भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । माछा मारेर घर फर्कने क्रममा हिँडिरहेका उनीहरूलाई साँझ करिब ६:३० बजे चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइतेमध्ये उज्वल थोकरलाई उपचारका लागि हेटौंडा ल्याइएकाे छ। उनको अवस्था मध्यम रहेको बताइएको छ ।
केही प्रतिक्रिया छ कि ?

