Search
Close this search box.

सर्वोच्चको निर्णय मान्न सबै कांग्रेसीलाई प्रदेश सभापति बानियाँकाे आग्रह

हेटाैँडा- नेपाली कांग्रेसको आधिकारिकता दाबीसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट अन्तिम निर्णय भइसकेपछि नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीभित्र एकतामा जोड दिएका छन्  ।

बानियाँले विज्ञप्ति जारी गर्दै काम्हग्रेस सधैं नीति, विधि र न्यायिक निर्णयको पक्षमा दृढ रहने पार्टी भएको भन्दै सर्वोच्च अदालतको निर्णयलाई सम्मान गरी पार्टीभित्रको आन्तरिक एकता सुदृढ बनाउन सबै कांग्रेसजनलाई आह्वान गरेका हुन् ।

विज्ञप्तिमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच मतभेद रहेको स्वीकार गर्दै अदालतले अन्तिम टुंगो लगाइसकेको अवस्थामा अब सबैले निर्णयलाई स्वीकार गरी अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।
बानियाँले आगामी १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र समर्थकहरू एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । उनले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।
“पार्टीको आन्तरिक एकता बलियो बनाउँदै महाधिवेशन सफल बनाउनु आजको आवश्यकता हो,” विज्ञप्तिमा भनिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan