हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको हाजिरी विवरण अब अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत अद्यावधिक गर्नुपर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले शुक्रबार जारी गरेको निर्देशनअनुसार कर्मचारीहरूको दैनिक हाजिरी, बिदा तथा काजसम्बन्धी विवरण विद्युतीय हाजिरी प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। साथै प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेखका रूपमा तयार गरी महिना समाप्त भएको तीन कार्यदिनभित्र उक्त कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रदेश सरकारका अनुसार यस व्यवस्थाले कर्मचारीको उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
केही प्रतिक्रिया छ कि ?


