Search
Close this search box.

बागमतीमा मन्त्रालयको सङ्ख्या घटाएर ८ बनाउने निर्णय


मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या उल्लेख्य रूपमा घटाउने निर्णय गरेको छ।
मङ्गलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटा मात्र राख्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार मन्त्रालय संख्या घटाउने निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

प्रदेशको प्रशासनिक संरचना सुदृढ र मितव्ययी बनाउने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन समितिले मन्त्रालय संख्या घटाउन सिफारिस गरेको थियो। सोही सिफारिसलाई आधार मानेर सरकारले पुनर्संरचना अघि बढाएको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan