Search
Close this search box.

गजल मञ्च मकवानपुरको २३६औँ गजल यात्रा सम्पन्न, गजल लेखन कार्यशाला आयोजना

हेटौँडा। गजल मञ्च मकवानपुरको आयोजनामा २३६औँ गजल यात्राको अवसरमा विशेष गजल वाचन तथा गजल लेखन कार्यशाला सम्पन्न भएको छ। ज्ञानोदय बालबालिका आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गजल मञ्च मकवानपुरका उपाध्यक्ष हरिप्रसाद पौड्यालको सभाध्यक्षता रहेको थियो।

कार्यक्रममा साहित्यकार डा. निमेष निखिल प्रमुख अतिथि तथा वरिष्ठ गीतकार एवं गजलकार श्यामकुमार बानियाँ विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए। साथै मञ्चका सल्लाहकार, पूर्व अध्यक्षहरू, मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, गजलकार, गजल अनुरागी र साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा गजल मञ्च मकवानपुरका सल्लाहकार देवराज तिवारी, साहित्य सङ्गम मकवानपुरका पूर्व उपाध्यक्ष सानु खनाल तथा कवि एवं गजलकार पुरुषोत्तम आचार्यले गजल वाचन गर्दै विद्यालयका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए।

विशेष अतिथि श्यामकुमार बानियाँ तथा प्रमुख अतिथि डा. निमेष निखिलले मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो भने उद्घाटन सत्रको समापन सभाध्यक्ष हरिप्रसाद पौड्यालले गरेका थिए।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव कमल नेपालले गरेका थिए भने गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष केशव सुवेदी समर्पणले गजल लेखन कार्यशाला सञ्चालन गरेका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan