Search
Close this search box.

हेटौंडामा शैक्षिक कन्सल्टेन्सीमाथि अनुगमन, तीन संस्था बन्द


हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा सामाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले हेटौंडामा सञ्चालनमा रहेका शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाहरूको अनुगमन गरेको छ।

अनुगमनका क्रममा विभिन्न १० वटा कन्सल्टेन्सी तथा एजुकेसन संस्थाहरूको निरीक्षण गरिएको थियो। टोलीले सेवा प्रवाह, दर्ता तथा नवीकरणको अवस्था, सञ्चालन प्रक्रिया लगायतका विषयमा अध्ययन गरेको जनाएको छ।

अनुगमन गरिएका संस्थामध्ये तीन वटा संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि तीन महिनाका लागि बन्द गर्न निर्देशन दिइएको छ। बन्द गर्न निर्देशन दिइएका संस्थाहरूमा कप्लान एजुकेसन फाउन्डेसन, खुशी एब्रोड स्टडी प्रा.लि. तथा एक्सपर्ट भिजन हेटौंडा कन्सल्टेन्सी प्रा.लि. रहेका छन्।

अनुगमन टोलीले अन्य संस्थाहरूलाई सेवा प्रवाह नियमित राख्न तथा आवश्यक नवीकरण समयमै गर्न निर्देशन दिएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan