Search
Close this search box.

गाउँपालिका अध्यक्ष कालाखेतीले गरे चिस्यान केन्द्र उद्घाटन

मनहरी–मकवानपुरको मनहरी–१ मा रहेको क्षितिज दुग्ध उत्पादक सहकारी संस्थामा चिस्यान केन्द्र उद्घाटन गरिएको छ । चिस्यान केन्द्र नहुँदा दैनिक संकलन भएको दूध बिग्रने जोखिम हुने भएकाले प्रदेश दुग्ध विकास बोर्डको ५० प्रतिशत अनुदानमा चिस्यान केन्द्र स्थापना गरिएको हो ।
५० प्रतिशत लागत सहकारीले नै बेहोरेर ल्याइएको ३ हजार लिटर क्षमताको चिस्यान केन्द्रको शनिबार मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले उद्घाटन गरेका हुन् ।

चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले मनहरी गाउँपालिकाले दुग्ध किसानको रकम भुक्तानी समयमै गर्ने व्यवस्था मिलाएपछि किसानहरु गाइभैँसी पालनमा उत्साहित बनेको भन्दै खुसी व्यक्त गरे । पहिला महिनौँसम्म पनि दुग्ध किसानले दूधको भुक्तानी नपाउँदा मर्कामा पर्ने गरेकोमा बिगतको वर्षदेखि गाउँपालिकाले डेरी उद्योगसँग सम्झौता गरी समयमै रकम महिना दिनभित्रै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

स्थानीय सरकार किसानको आय आर्जन वृद्धिका लागि सदैव तल्लीन रहने पनि उनले प्रतिवद्धता जनाए ।
सहकारीका अध्यक्ष राममणि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी–१ का वडाध्यक्ष शिवप्रसाद खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan