Search
Close this search box.

हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी हुँदा २० लाख बराबरको क्षति


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा बिहीबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपराह्न १२:२५ बजे वर्ष ४६ का शेरबहादुर पहरीले सञ्चालन गर्दै आएको रोयल पार्टी प्यालेसको सभा हलको स्टेजमा करेन्ट सर्ट भई आगलागी भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तथा हेटौंडा उपमहानगरपालिकाको दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगलागी १२:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट सभा हलको स्टेजमा रहेको जिप्सन, एक थान लाइट, इलेक्ट्रोनिक तारहरू, जस्तापाता तथा स्टेन बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट अन्दाजी २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan