Search
Close this search box.

हेटौंडाबाट भारत लैजान लागिएका २१ बालक उद्धार


हेटौंडा । हेटौंडा बसपार्कबाट भारतको देहरादुन लैजान लागिएका २१ जना बालकको उद्धार गरिएको छ। सिन्धुली, बारा, धादिङ र सर्लाही जिल्लाबाट ल्याइएका ती बालकलाई बुधबार प्रहरीले सिविन र माइती नेपालसँगको समन्वयमा उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बालकहरूलाई अभिभावकको मञ्जुरीमै भारत पठाउन लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार बालकहरूलाई भारतको देहरादुनस्थित एक गुम्बामा अध्ययनका लागि लैजान लागेको बताउने एक बौद्ध धार्मिक गुरुलाई सोधपुछ गरिएको थियो। आवश्यक अनुसन्धानका लागि बोलाएको बेला उपस्थित हुने सर्तमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan