Search
Close this search box.

जनप्रिय मावि र हेटौँडा जनप्रिय क्याम्पसले मनाए संयुक्त धानदिवस

हेटौँडाको हटिया १६ मा रहेको जनप्रिय मावि र हेटौँडा जनप्रिय क्याम्पसले २३ औँ राष्ट्रिय धानदिवस संयुक्त रुपमा मनाएका छन् । जनप्रिय माविको प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना गरी जनप्रिय माविकै खेतमा धान रोपाई गरेर कार्यक्रम मनाइएको हो ।

बागमती प्रदेस विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीको प्रमूख आतिथ्यता तथा हेटौँडा १६ का अध्यक्ष रामकृष्ण कोईराला र हेटौँडा क्याम्पस हेटौँडाका अध्यक्ष आनन्दराम पराजुलीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमलाई जनप्रिय माविका व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद वस्ताकोटिले अध्यक्षता गरेका थिए ।

जनप्रिय माविमा बालिविज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुले उन्नत जातको धान रोपाई  गरी २३ औँ धानदिवस कार्यक्रम मनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले अब सस्तो र सर्वसुलभ रुपमा वागमति प्रदेस र खासगरी मकवानपुर लक्षित गरी विभिन्न प्राविधिक धारको शिक्षा बागमति विश्वविद्यालयले शुरु गरेको बताए । त्यसमा पनि हेटौँडाको हटियामा प्रदेस तहका विभिन्न संरचनाहरु बन्नु र प्रदेस विश्वविद्यालय संरचना पनि यहीँ हुनु अर्को सुखद् पक्ष रहेको बताए । विशिष्ट अतिथि द्वय रामकृष्ण कोईराला र आनन्दराम पराजुलीले हेटौँडाको हटिया क्षेत्रलाई देशकै शैक्षिक हव बनाउन आफूहरुले जोड दिएको धारणा व्यक्त गरे ।

विद्यालयका निवर्तमान अध्यक्ष रमेशप्रसाद खतिवडा लगायत वक्ताहरुले शुभकामना व्यक्त गरेको कार्यक्रमलाई प्रधानाध्यापक भूपेन्द्र चौलागाईले स्वागत गरेका हुन् । चौलागाईले एस ईई २०८२ को नतिजामा औषत नतिजाको आधारमा विद्यालय जिल्ला प्रथम गराउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । आगामी शैक्षिक गुणस्तर थप सवलीकरणका लागि आफ्नो टिम थप सक्रियताको साथ लागिरहेको समेत चौलागाईले बताए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति तथा विद्यालय सल्लाहकार समितिका सदस्यहरु श्रीराम खतिवडा, गुञ्ज बहादुर न्यौपाने, अर्जुन प्रसाद वाग्ले, गोविन्द दुलाल, पिटिए अध्यक्ष गीताप्रसाद दुलाल, सहायक प्रधानाध्यापक रामआशिष मण्डल लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan