Search
Close this search box.

बागमती प्रदेशको ६६ अर्ब ९३ करोडको बजेट बहुमतले पारित

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

शनिबार बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको प्रदेश आर्थिक विधेयक, २०८३ बहुमतका आधारमा पारित गरेको हो। बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईंले मन्त्री तामाङको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि ध्वनि मतका आधारमा विधेयक पारित भएको घोषणा गरिन्।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो। उक्त बजेट आर्थिक मामिला तथा योजनामन्त्री तामाङले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेका थिए। बजेटमाथि असार १६ गतेदेखि निरन्तर छलफल भएको थियो।

बजेट पारित गर्ने प्रक्रियाका क्रममा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रै असन्तुष्टि देखिएको थियो। त्यसका कारण बजेट पारित गर्ने कार्यसूची केही समय प्रभावित भए पनि अन्ततः प्रदेश सभाले बहुमतका आधारमा बजेट पारित गरेको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan