Search
Close this search box.

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय चालकको मृत्यु, एक जना घाइते


हेटौंडा । हेटौंडा – ६ हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौरीटारबाट चौघडा चोकतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–६ निवासी अन्दाजी १७/१८ वर्षीय प्रतिक मानन्धर गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो करिब ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार हेटौंडा–६ कै अन्दाजी १७ वर्षीय अंकुर लामा घाइते भएका छन्। उनको दुवै हात तथा बाँया खुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।
दुर्घटनापछि प्रहरी चौकी चौघडाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको र दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan