Search
Close this search box.

जनप्रिय मावि हटियामा नमूना निर्वाचन सम्पन्न

मकवानपुरको हेटौँडा १६ मा रहेको जनप्रिय माविले विद्यालय कप्तान, उपकप्तान तथा सदनगत कप्तान उपकप्तानको लागि निर्वाचन सम्पन्न गरेको छ । शैक्षिक वर्ष २०८३ का लागि गरिएको यस्तो निर्वाचन पाँचौ संस्करण रहेको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताए ।

सामाजिक अध्ययन विषय अन्तर्गत रहेको निर्वाचन सम्वन्धी विषयवस्तु अध्यापनका लागि प्रयोगात्मक रुपमा नमूना निर्वाचन गरिएको भएपनि यो निर्वाचनले विद्यालयमा विद्यार्थी नेतृत्व प्रदान गर्दै आएको छ ।

हेटौडा १६ का अध्यक्ष एवम् उपमहानगरपालिकाका सामाजिक विकास संयोजक रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न निर्वाचनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद वस्ताकोटिको अध्यक्षता रहेको थियो ।

निर्वाचनले विद्यालय कप्तान र उपकप्तानमा क्रमश: गौरव पुडासैनी र विशेष मोक्तान लाई प्रजातान्त्रिक मतदान प्रक्रियाबाट निर्वाचित गरेको छ । त्यसैगरी सदनगत कप्तान र उपकप्तानमा क्रमश: रातो सदनमा कृष्णराज दुलाल र दिप्सन आचार्य, निलो सदनमा नीरु स्याङ्तान र लीजा राई, त्यसैगरी हरियो सदनमा स्वणिमा राई र मन्दिरा जमकट्टेल र पहेलो सदनमा सुप्रिया गोले र सदीक्षा बानियाँलाई निर्वाचित गरेको छ ।

निर्वाचनका लागि विद्यालयले विभिन्न समितिलाई जिम्वेवारी प्रदान गरेको र सोही अनुसार निर्वाचन  सम्पन्न भएको प्रधानाध्यापक चौलागाईले बताए । जसअन्तर्गत सामाजिक विषय विभागले निर्वाचनमा मूख्य भूमिका वहन गरेको हो । सामाजिक विषय विभाग प्रमूख नमराज अर्यालले निर्वाचन आयूक्तको जिम्वेवारी निभाएका हुन् भने निर्वाचन अधिकृतमा अङ्ग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ र खेलकुद विभाग संयोजक शालिकराम घिमिरेले मतदान अधिकृतको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी सम्प्रस पौडेल, सन्दिप कोईराला, मनोज चौलागाई, दीपक दाहाल, तुलषा रायमाझी, लगायतका शिक्षकले सचिवालय जिम्वेवारीको भूमिका निर्वाह गरेका थिए । विद्यालयमा कार्यरत सम्पूर्ण अन्य शिक्षकलाई स्थलगत जिम्वेवारी प्रदान गरिएको अतिरिक्त क्रियाकलाप विभाग संयोजक युक्तलाल विश्वकर्माले बताए ।

निर्वाचनको सम्पूर्ण विधि र प्रक्रिया पूर्णरुपमा पालना गरी सम्पन्न निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीले मतदान गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द दुलाल, शिक्षक अभिभावक सङ्घ अध्यक्ष गीताप्रसाद दुलाल, सदस्य सरिता गौतम मिश्र लगायतको आतिथ्यता र सहायक प्रधानाध्यापक रामआशिष मण्डलको उपस्थिति रहेको थियो । कार्यक्रमलाई निर्वाचन सचिवालय सदस्य सुनिल गौतमले सञ्चालन गरेका हुन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan