Search
Close this search box.

नवोदयमा भानु जयन्ती विशेष कार्यक्रम


हेटौँडा–२१२ औँ भानु जयन्तीको अवसरमा नवोदय शिशु सदन माविमा भानु जयन्ती विशेष कार्यक्रम भएको छ । नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा भएको कार्यक्रमकाबीच अन्तर विद्यालय कविता प्रतियोगिता, भानुभक्त आचार्य विशेष बहस, नाटक प्रदर्शनी र गायन भएको थियो ।

अन्तर विद्यालय कविता प्रतियोगितामा अमर माविकी रोशिका भट्टराई, जेम्स बोर्डिङकी अङ्किता सुवेदी र कमाने एकेडेमीकी नितिका भट्टराई सर्वोत्कृष्ट घोषित भए । प्रतियोगितामा विभिन्न ८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । कविता प्रतियोगितामा साहित्यकार केशव समर्पणले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नवोदय साहित्यिक बगैँचा बाल क्लवकी अध्यक्ष समृद्धि सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan