Search
Close this search box.

११ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट ११ किलो ७३४ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ११ बजे चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना २८ प ८६२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चितवनको राप्ती नगरपालिका–१३ निवासी ३१ वर्षीय मनिष प्रजालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले मोटरसाइकलमा सवार प्रजाको साथबाट ११ किलो ७३४ ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ परेका प्रजालाई लागूऔषध सम्बन्धी कसुरमा हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan