Search
Close this search box.

भान्सा फोहोर भेटिएपछि स्मारक होटललाई २५ हजार जरिवाना


मकवानपुर । हेटौँडा –११ स्थित स्मारक होटललाई सरसफाइमा लापरबाही गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
प्रशासनको अनुगमनका क्रममा मंगलबार होटलमा खाना पकाउने र भाँडा माझ्ने स्थान एउटै रहेको तथा न्यूनतम सरसफाइसमेत कायम नगरिएको भेटिएको थियो। यस्तो अवस्थाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पर्न सक्ने निष्कर्षसहित प्रशासनले होटललाई कारबाही गरेको हो।
जिल्ला प्रशासन कार्यालयले होटललाई तत्काल सरसफाइको अवस्था सुधार गर्न, खाद्य स्वच्छताका मापदण्ड पूर्ण रूपमा पालना गर्न तथा सुधारको प्रगति सम्बन्धी जानकारी प्रशासनमा पेश गर्न निर्देशन दिएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan