Search
Close this search box.

जागिरको प्रलोभनमा रकम असुल्ने हेटौंडाका युवक पक्राउ

हेटौंडा । पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै रकम असुलेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–६ निवासी २४ वर्षीय रबिन गौतमलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार उनले पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले रकम उठाएका थिए। रकम लिइसकेपछि पनि जागिर नदिएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानमा गौतमले २०० भन्दा बढी व्यक्तिबाट यसरी रकम उठाएको खुलेको प्रहरीले जनाएको छ। मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan