Search
Close this search box.

हेटौंडामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ झमसिङटार नजिक भित्री कच्ची सडकमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३ निवासी २२ वर्षीय बिक्रम खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ५ बजे हेटौंडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त ०३९७ नम्बरको बालुवा लोड ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा चालक खड्का गम्भीर घाइते भएका थिए।
घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा राति १०:३० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan