Search
Close this search box.

एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बागमती सरकार अल्पमतमा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई पत्र पठाउँदै पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिका कारण सरकारमा रहेका सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब संविधानअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan