Search
Close this search box.

हेटौंडाका ४ मासु पसललाई ६ लाख जरिवाना

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१ र २ स्थित मासु पसलहरूको अनुगमनका क्रममा चार वटा पसललाई कुल ६ लाख रुपैयाँ जरिवाना गरेको छ।
बिहीबार गरिएको अनुगमनका क्रममा न्यौपाने मासु पसल र ओम् फ्रेस मिट सपलाई जनही २–२ लाख रुपैयाँ तथा क्वालिटी मिट सप र सलाम मिट सपलाई जनही १–१ लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अनुगमनका क्रममा समयमै करचुक्ता नगरेको, सरसफाइको अवस्था कमजोर रहेको तथा मासु फ्रिजिङ प्रक्रिया अव्यवस्थित भेटिएपछि कारबाही गरिएको प्रशासनले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan