Search
Close this search box.

जेन्जी आन्दोलनका क्रममा फरार कैदी हेटौंडाबाट पक्राउ

हेटौंडा । जेन्जी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटको मौलापुर नगरपालिका–७ निवासी अन्दाजी ३४ वर्षीय शैलेन्द्र साह भन्ने शैलेन्द्र कुमार साहलाई हेटौंडा उपमहानगरपालिका–४ कर्रा चोकबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार मुद्रा सम्बन्धी कसुर र संगठित अपराध सम्बन्धी मुद्दामा कैदी रहेका साह जेन्जी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका थिए।
उनी हेटौंडा बजार क्षेत्रमा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहको परिचय खुल्ने विवरण मिलेपछि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan