Search
Close this search box.

हेटौँडाबाट १७० वटा लागूऔषधसहित एक जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–७ शिक्षा निर्देशनालयस्थित भित्री सडकखण्डबाट १७० वटा लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार फारलाइनबाट हेटौँडा बजारतर्फ पैदल आउँदै गरेका हेटौँडा–१५ फारलाइन निवासी ३४ वर्षीय धिरज अर्याललाई चेकजाँच गरेको थियो।

जाँचका क्रममा उनले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीबाट TRAMOL-50 लेखिएको १५ पत्तामा १५० वटा र ANTIKOF लेखिएको २ पत्तामा २० वटा गरी जम्मा १७० वटा लागूऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan