Search
Close this search box.

थाहामा घर खानतलासी गर्दा एकनाले भरुवा बन्दुक बरामद, घरधनी चितवनमा गाँजासहित पक्राउ

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा एक व्यक्तिको घरबाट एकनाले भरुवा बन्दुक बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो करिब १:३० बजे इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा थाहा नगरपालिका–११ तल्लो माहाकाल निवासी ४१ वर्षीय मोहनकुमार गोलेको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पालुङमा राखिएको छ।
प्रहरीका अनुसार घरधनी गोले भने चितवनको मुग्लिन क्षेत्रमा लागूऔषध गाँजासहित पक्राउ परेका छन्। उनीमाथि इलाका प्रहरी कार्यालय मुग्लिनमा लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan