Search
Close this search box.

हेटौंडामा बोराभित्र भेटिएको महिलाको शव चार दिनसम्म पनि सनाखत भएन


हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ सेल्फी रोडस्थित सामुदायिक वनमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा भेटिएको महिलाको शव चार दिन बितिसक्दा पनि सनाखत हुन सकेको छैन।

गत शुक्रबार दिउँसो स्थानीयवासीले सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ३०–३२ वर्षीया देखिने महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मृतकको अनुहार तथा शरीरका विभिन्न भागमा धारिलो हतियारबाट चोट लागेको देखिएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी, तालिमप्राप्त कुकुर तथा एसओसीओ टोली परिचालन गरिएको छ।

शवको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको हुलिया तथा उनले लगाएका कपडाका आधारमा पहिचान गर्न सर्वसाधारण तथा सञ्चारमाध्यमसँग सहयोग मागेको छ।

प्रहरीले घटनाको प्रकृति र उपलब्ध प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan