हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बुद्धचोकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १२ः३० बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनीहरूको खानतलासी गरेको थियो। त्यस क्रममा उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–४ बस्ने २० वर्षिया तनिषा देउला, सोही स्थान बस्ने २४ वर्षीय अनिष चौलागाई र चितवनको रत्ननगर नगरपालिका–२ बस्ने १९ वर्षीय लोमस फुयाल रहेका छन्।
लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?
