Search
Close this search box.

सिद्धार्थ ल क्याम्पसलाई मुख्यन्यायाधिवक्ता कार्यालयद्वारा कानुनी पुस्तक हस्तान्तरण

हेटौंडा । बागमती प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयले हेटौंडा–२ स्थित सिद्धार्थ ल क्याम्पसलाई ३९ थान कानुनी पुस्तक हस्तान्तरण गरेको छ। कार्यालयले बिहीबार क्याम्पसमै पुगेर एक कार्यक्रमबीच पुस्तक हस्तान्तरण गरेको हो।

प्रदेश मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपमेयर राजेश बानियाँ, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, क्याम्पसका शिक्षक तथा अन्य सरोकारवालाको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै मेयर लामाले हेटौंडालाई शैक्षिक हबका रूपमा विकास गर्ने प्रयास भइरहेको बताइन्। शैक्षिक क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मुख्यन्यायाधिवक्ता कार्यालयले गरेको पुस्तक हस्तान्तरणप्रति उनले धन्यवाद व्यक्त गरिन्।

उपमेयर बानियाँले विद्यार्थीमा ज्ञानको ज्योति फैलाउनुका साथै सक्षम जनशक्ति निर्माणमा यस्ता सहयोग महत्वपूर्ण हुने बताए। प्रदेश सरकारको तर्फबाट सिद्धार्थ ल क्याम्पसलाई कानुनी पुस्तक हस्तान्तरण गरेर शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनले मुख्यन्यायाधिवक्ता कार्यालयप्रति आभार व्यक्त गरे।

मुख्यन्यायाधिवक्ता बस्नेतले प्रदेश सरकारले शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको बताइन्। प्रदेश सरकारको दायित्व पूरा गर्ने उद्देश्यले कानुनी पुस्तकहरू निःशुल्क रूपमा हस्तान्तरण गर्दै आएको उनले जानकारी दिइन्।

विद्यार्थीमा पुस्तक पढ्ने संस्कारको विकास गर्नुका साथै प्रदेश सरकारले गरेका कामबारे जानकारी गराउने उद्देश्यले पनि पुस्तक हस्तान्तरण कार्यक्रमलाई प्राथमिकता दिइएको बस्नेतले बताइन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan