Search
Close this search box.

१५ वर्ष कैद र ५ लाख जरिवाना भएका फरार कैदी पक्राउ

हेटौँडा । जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका लागूऔषध मुद्दाका कैदी मकवानपुरमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा थाहा नगरपालिका–११ ठूलोठाडे बस्ने ६० वर्षीय मेक्सो लो रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँमा बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लागूऔषध अफिम मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका कैदी हुन्। लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँले उनलाई २०७७ माघ १८ गते ३ किलो लागूऔषध अफिमसहित पक्राउ गरेको थियो।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। पक्राउ परेका लोमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan