Search
Close this search box.

भीमफेदीमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७ बजे काठमाडौंबाट बिरगंजतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
गाडीमा उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश, रजिस्ट्रार र चालकसहित ६ जना सवार थिए। दुर्घटनामा दुई महिला र चार पुरुष घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। सबै घाइतेलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको र थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको नाम तथा थप विवरण खुल्न बाँकी रहेको छ। दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात भने सुचारु रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan