Search
Close this search box.

एमालेमा बागमतीमा सहमति, थपलिया दलको नेतामै कायम

हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेभित्र संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा सहमति जुटेको छ। स्रोतका अनुसार जगन्नाथ (जेएन) थपलियालाई नै संसदीय दलको नेतामा कायम राख्दै पूर्वस्वास्थ्य मन्त्री किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति भएको हो।

सहमति जुटेसँगै थपलियाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ। यसबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक केहीबेरमा हेटौंडामा बस्दैछ।

एमाले र नेकपाबीच नयाँ सरकार गठनका लागि सहमति भए पनि बहुमत पुर्‍याउन थप दलको समर्थन आवश्यक देखिएको छ। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्म बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न समय दिएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan