हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार जना विद्यार्थीलाई मंगलबार साँझ बगाएको छ।
निर्मल माध्यमिक विद्यालय हेटौंडा–१९ मा अध्ययनरत उनीहरू विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार खोलाले बगाएका चारमध्ये एक जना फेला परेका छन्। उनको अवस्था गम्भीर रहेको र अस्पताल पठाइएको छ।
बाँकी तीन जना विद्यार्थीको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
केही प्रतिक्रिया छ कि ?
