Search
Close this search box.

बासुदेव खोलामा बेपत्ता दुई बालिकाको खोजी तीव्र

बासुदेव खोलामा बेपत्ता दुई बालिकाको खोजी तीव्र
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी बुधबार बिहानैदेखि तीव्र पारिएको छ।

मंगलबार विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाएका चार विद्यार्थीमध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतान मृत अवस्थामा फेला परेकी छन्। कक्षा ६ की सिमा बोलनलाई घाइते अवस्थामा सकुशल उद्धार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। खोलाले बगाएका कक्षा ५ की सुमित्रा बोलन र कक्षा ७ की बिनता बोलन भने अझै बेपत्ता छन्।
बेपत्ता बालिकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ। बासुदेव खोलामा खोजी गर्दा फेला नपरेपछि करिब तीन किलोमिटर तल रहेको राप्ती खोलातर्फ समेत खोजी विस्तार गरिएको छ।
प्रहरीका अनुसार मंगलबार रात परेपछि खोजी कार्य रोकिएको थियो। बुधबार बिहान ६ बजेदेखि पुन खोजी सुरु गरिएको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan