Search
Close this search box.

बासुदेव खोलामा बेपत्ता दुई बालिकामध्ये थप एकको शव फेला

हेटौँडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव बुधबार बिहान फेला परेको छ।

निर्मल माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा मंगलबार अपराह्न चार जना विद्यार्थीलाई खोलाले बगाएको थियो। उनीहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव मंगलबार नै फेला परेको थियो। दुई जना भने बेपत्ता थिए।
बेपत्ताको खोजीका क्रममा बुधबार बिहान बिनिता भ्लोनको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन भने अझै बेपत्ता छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
खोलाले बगाएका चार विद्यार्थीमध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तान मंगलबार मृतावस्थामा फेला परेकी थिइन्। कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई भने घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

बेपत्ता सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan