Search
Close this search box.

राप्रपा बागमतीका दल नेता उद्धव थापा प्रदेश सांसदबाट पदमुक्त, पार्टी सदस्यबाट पनि निलम्बित


हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका दल नेता उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ। साथै उनलाई पार्टी सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरिएको छ।

पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै थापामाथि कारबाही गरिएको हो। राप्रपाले सरकारमा जाने अन्य सांसदलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टीको निर्णय उल्लंघन गरी सरकारमा सहभागी हुने वा पार्टीको निर्देशनविपरीत गतिविधि गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने राप्रपाले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan