हेटौँडामा लिटल स्टार्सको च्यारिटी शो हुँदै
हेटौँडा । आगामी भदौ ७ गते आइतबार हेटौँडामा चलचित्र लिटल स्टार्सको च्यारिटी शो हुने भएको छ। ब्रोडकास्टिङ मिडिया हाउसद्वारा सञ्चालित रेडियो बुलेटिन ८९.७ मेगाहर्जको आयोजनामा ओम्याक्स सिनेमा हलमा च्यारिटी शो गर्न लागिएको हो।
मामाघर नेपालको सहयोगार्थ आयोजना हुने च्यारिटी शो बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म सञ्चालन हुनेछ। एजे टिम हेटौँडा प्रालिद्वारा निर्मित चलचित्र लिटल स्टार्स प्रदर्शनबाट संकलित रकममध्येबाट हेटौँडा–११ स्थित मामाघर नेपाललाई सहयोग गरिने रेडियो बुलेटिन ८९.७ मेगाहर्जका प्रबन्ध निर्देशक अनिलकुमार खातीले जानकारी दिए।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहनेछ। यस्तै उपमेयर राजेश बानियाँ र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्यता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न सरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रमुख, नागरिक समाजका प्रतिनिधिलगायतको उपस्थिति रहने खातीले जानकारी दिए।
