Search
Close this search box.

शिक्षकलाई चारदिने क्षमता अभिवृद्धि तालिम


हेटौंडा । मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकाका शिक्षकहरूको शिक्षण सिकाइसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने तालिम सञ्चालन भएको छ।
सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रमअन्तर्गत शिक्षण सिकाइसम्बन्धी क्षमता विकास तालिम शुक्रबारदेखि सुरु भएको हो। हिमराइट्स मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनलको सहकार्यमा सञ्चालित तालिम सोमबार समापन हुनेछ।
तालिममा मनहरी र राक्सिराङ गाउँपालिकाका शिक्षकलाई गणित, विज्ञान, अंग्रेजी तथा मनोपरामर्श विषयमा क्षमता अभिवृद्धि गराउने उद्देश्य रहेको हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले जानकारी दिइन्।
उनका अनुसार तालिममा राक्सिराङ–३ स्थित सूर्योदय माध्यमिक विद्यालयका ४ जना, राक्सिराङ–५ स्थित प्रजा जागृति माध्यमिक विद्यालयका ४ जना, मनहरी–६ स्थित सगरमाथा आधारभूत विद्यालयका २ जना, राष्ट्रिय रोटरी विद्यालयका १ जना र मनहरी–३ स्थित प्रजा माध्यमिक विद्यालयका ४ जना गरी १५ जना शिक्षक सहभागी छन्।
तालिम शिक्षकहरूको विषयगत ज्ञान अभिवृद्धिसँगै प्रभावकारी शिक्षण विधि, सिकाइ सहजीकरण तथा विद्यार्थीको मनोसामाजिक पक्षलाई सम्बोधन गर्ने क्षमता विकासमा केन्द्रित रहेको वाइबाले बताइन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan