Search
Close this search box.

विपद् प्रभावितका लागि मकवानपुर उद्योग वाणिज्य सङ्घको ५ लाख ५ हजार सहयोग

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

बिहीबार दिउँसो सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेको हो।
देशका विभिन्न क्षेत्रमा हालै आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको सङ्घले जनाएको छ।
रकम हस्तान्तरण कार्यक्रममा सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता थियो। विपद्का समयमा निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्नुपर्ने सङ्घले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले सङ्घबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पठाइने जानकारी दिँदै सहयोगका लागि धन्यवाद व्यक्त गरे।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan