Search
Close this search box.

हेटौंडा–१६ मा टोल विकास संस्थाको वडा समन्वय समिति गठन, संयोजकमा दाहाल

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१६ मा रहेका १६ वटै टोल विकास संस्थाहरुलाई समेटेर ‘टोल विकास संस्था वडा समन्वय समिति’ गठन गरिएको छ ।

बुधबार सम्पन्न भेलाले लीलाधर दाहालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा मोनिका विक, सचिवमा सरस्वती दुलाल, कोषाध्यक्षमा राधा कार्की र सहसचिवमा पार्वती थापा चयन भएका छन् ।

वडामा रहेका सबै टोल विकास संस्थाबीच समन्वय कायम गर्ने, विकास निर्माणमा नागरिक सहभागिता बढाउने र साझा समस्या सामूहिक पहलमा समाधान गर्ने उद्देश्यले वडा समिति गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले टोल विकास संस्था स्थानीय तह र नागरिक जोड्ने महत्वपूर्ण पुल भएको बताए । समिति गठनसँगै वडाका सबै टोल विकास संस्थाहरुलाई थप सक्रिय र व्यवस्थित बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय विकास, सरसफाइ र सामाजिक एकतामा प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि एवं टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले संस्थाहरुलाई एउटै छातामुनि संगठित गरी परिचालन गर्न वडा समिति महत्वपूर्ण संरचना भएको धारणा राखे ।

ूटोल बलियो भयो भने वडा बलियो हुन्छ, र वडा बलियो भए मात्र समग्र नगरको विकास सम्भव छ,ू अधिकारीले भने, ूत्यसैले प्रत्येक टोल विकास संस्थालाई सक्रिय, सक्षम र एकीकृत रूपमा अघि बढाउनु आवश्यक छ ।ू उनले सामाजिक जागरण, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा अग्रसर हुन समितिलाई सुझाव दिए ।

कार्यक्रममा नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुङ्गाना, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रवती पनेरु लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan