Search
Close this search box.

बकैयामा ३५ वर्षीय पुरुष मृत फेला, परिवारका सदस्यसहित पाँच जना नियन्त्रणमा

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२, धारापानीमा ३५ वर्षीय पुरुष आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन्। मृतकको परिवारका सदस्यबाटै हत्या भएको आशंका भएपछि प्रहरीले परिवारका सदस्यसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भदौ १९ गते राति करिब १ः१५ बजे स्थानीय मानबहादुर खत्रीका छोरा राजकुमार खत्री आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन्।
घटनापछि प्रहरीले शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको थियो। पोस्टमार्टमपछि सोमबार दिउँसो करिब २ बजे मृतककी दिदी सजिना खत्रीले शव बुझेर लगेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले बकैया–१२ निवासी मृतककी श्रीमती ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री, भाइ ३३ वर्षीय दिनेश खत्री तथा ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको हो।

मृत्युको वास्तविक कारण र घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan