Search
Close this search box.

मकवानपुरमा आइतबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा आइतबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाको थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकामा भएका घटनामा एकजना पुरुषको भिरबाट लडेर र अर्की एकजना महिलाको खोलामा मृत अवस्थामा शव फेला परेको हो ।

जिल्लाको थाहा नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय राजु तामाङ पालिकाकै २ नम्बर वडास्थित मंगलेश्वर सामुदायिक वन क्षेत्रमा भिरबाट लडेर मृत अवस्थामा फेला परेका हुन् । थाहा नगरपालिका–२ र ११ जोड्ने गोरेटो बाटोबाट करिब २० मिटर तल उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी भिरबाट लडेर मृत्यु भएको हुन सक्ने देखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकराी दिए । यस्तै, जिल्लाको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा ५५ वर्षीया लालीमाया थिङ खोलामा मृत अवस्थामा फेला परेकी छन् । 

सोमबार दिउँसो करिब ४ बजे घरबाट करिब २०० मिटर पश्चिमतर्फ रहेको सुकौरा खोलामा उनको शव पानीभित्र रहेको सूचना स्थानीयले प्रहरीलार्य खबर गरेका थिउ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक धर्मेश कुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्थानीयका अनुसार उनको खोलाले बगाएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी गरेको जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan