हेटौँडा– भोटेकोशीमा आएको अप्रत्याशित बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । विद्यालयले मंगलबार कोषको खातामा २ लाख २८ हजार ३९७ रुपैयाँ जम्मा गरेको हो ।
बाढीका कारण जनजीवन कष्टकर बनेपछि उद्धार, राहत र पुनर्स्थापनामा राज्यलाई सघाउ पुर्याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको जनाएको छ । विपत्तिको घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालय व्यवस्थापन, शिक्षक(कर्मचारी र विद्यार्थीहरूको संयुक्त प्रयासमा उक्त रकम संकलन गरिएको हो ।
विद्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहयोग रकमको विवरणः
संस्थागत सहयोगः १,११,१११
शिक्षक–कर्मचारीबाट सङ्कलित: ८८,२८६
जुनियर रेडक्रस सर्कलद्वारा विद्यार्थीमार्फत सङ्कलितः २९,०००
जम्मा रु. २,२८,३९७
प्राकृतिक विपत्तिको यस संवेदनशील समयमा प्रभावित क्षेत्रका नागरिकको घाउमा मल्हम लगाउन सानै भए पनि सहयोग पुगोस् भन्ने हेतुले विद्यालय परिवारका तर्फबाट यो कदम चालिएको ज्ञानदीप शिक्षा निकेतनले जनाएको छ ।
